दफा १९
सम्पत्ति वा साधन मूल्याङ्कन गर्ने आधार
(१) लिलाम बिक्री गर्नु पर्ने सम्पत्ति वा साधन
मूल्याङ्कन गर्दा क्रमशः देहायका आधारमा गर्नु पर्नेछ ः–
(क) प्रचलित कानून बमोजिम मूल्य तोकिएको वा निर्धारण गरिएको भए
त्यस्तो मूल्यका आधारमा,
(ख) सम्पत्ति वा साधनमा सोको मूल्य उल्लेख भएकोमा सोही मूल्यका
आधारमा,
(ग) सम्पत्ति वा साधनको बील बिजक फेला परेमा सोही बील बिजकको
आधारमा,
(घ) आयात भएको सम्पत्ति वा साधन भए भन्सार कार्यालयमा बुझाएको
प्रज्ञापन पत्रमा उल्लिखित मूल्यको आधारमा,
(ङ) बजारमा खरीद बिक्री हुने सम्पत्ति वा साधन भए स्थानीय बजार
मूल्यको आधारमा,
(च) अन्य उपयुक्त आधारमा ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि लिलाम बिक्री गर्नु पर्ने
सुन, चाँदी जस्ता बहुमूल्य धातु वा वस्तु र शेयरको मूल्याङ्कन गर्दा अघिल्लो दिनको बजार मूल्यको आधारमा गर्नु पर्नेछ ।
(३) यस दफा बमोजिम सम्पत्ति वा साधन मूल्याङ्कन गर्दा प्रचलित कानून बमोजिम
ह्रास कट्टी गर्नु पर्ने प्रकृतिका सम्पत्ति वा साधन भए सो को ह्रास कट्टी समेत गर्नु पर्नेछ ।